Section 30
नियमहरू बनाउने अधिकार
(१) यो ऐनको उद्देश्य पूरा गर्न समितिले नियमहरू बनाउन  सक्नेछ । नेपाल सरकारबाट स्वीकृत नभै ती नियमहरू लागू हुने छैनन् । (२) उपदफा (१) ले दिएको अधिकारको सर्वसामान्यतामा कुनै प्रतिकूल प्रभाव नपर्ने गरी खास गरेर देहायका सबै वा केही विषयहरूमा नियमहरू बनाउन सकिनेछः– (क) समितिले गर्ने कामको तरीका र समितिको सभाको कार्यविधि बारे, (ख) समितिले प्रशासकलाई र प्रशासकले आफू मुनिका अधिकृत र अरू कर्मचारीहरूलाई अख्तियारी सुम्पने बारे, (ग) कोषका अधिकृत र अरू कर्मचारीहरूको नियुक्ति, प्रमोशन, सरूवा, बर्खासी, तलब, भत्ता, निवृत्तभरण, उपदान, बिदा, आचरण, अनुशासन समेत सेवाका शर्तहरू र गठन बारे, (घ) प्रचलित नेपाल कानूनको प्रतिकूल नपर्ने गरी कोष तर्फबाट गरिने पट्टा कबुलियत सम्बन्धी शर्तहरू बारे, (ङ) कोषको छाप बनाउने कार्यविधि बारे, (च) ………………. (छ) परिचयपत्र हराएको, च्यातिएको वा अस्पष्ट हुने गरी धमिलिएको वा मेटिएकोमा कर्मचारीलाई नयाँ परिचयपत्र दिने बारे, (ज) कोषले लगानी गर्ने बारे, र   (झ) साधारणतः कोषले यो ऐन अन्तर्गत गर्नु पर्ने सबै काम काजको सुव्यवस्था गर्ने बारे ।